१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सत्तारुढ गठबन्धनको बैठक बस्दै


234
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

शुक्रबारको बैठकले सिट बाँडफाँटबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरु बीचमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो ।

शुक्रबारको सत्ता गठबन्धनको बैठकले कार्यदललको बुझाएको प्रतिवेदनको अध्ययन गर्नेछ ।