Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


बारामा लाखौंको काठसहित २१ जना पक्राउ


26
Shares

बारा, जेठ १८ । बारामा लकडाउनको मौका छोपेर काठ तस्करी गर्ने २१ जनालाई डिभिजन वन कार्यालय बाराले पक्राउ गरेको छ ।

जिल्लाको निजगढ, कोल्हवी, ककडी, मधुवन, टाँगियावस्ति लगायतका स्थानमा एक हजार सेप्टी काठ सहित उनिहरुलाई पक्राउ गरिएको हो ।

जंगलबाट तस्करी गरिएको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेपछि उनिहरुलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी गराए ।

यता, छापामारीमा स्थानीय बासिन्दा र जनप्रतिनिधिको अबरोध बढे पछि वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त सहयोगमा छापामारी तिब्र बनाएको छ ।