
काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बलिङ गर्ने भएको छ ।
नैरोबीस्थित जिमखाना क्लब ग्राउन्ड केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वेन्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरूवात गर्न चाहन्छ । टी–ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन् ।
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपाल रोहित पौडेलको कप्तानीमा उत्रिएको छ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गरेको हो । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।
नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।
केन्या भ्रमणमा रहेको नेपालले यसअघि घरेलु टोलीसँग पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेलको थियो ।
प्रतिक्रिया दिनुहोस्