Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बलात्कारको आरोपमा तीनजना पक्राउ


0
Shares

तानसेन, जेठ १६ । पाल्पामा बलात्कारको आरोपमा शुक्रबार तीनजना पक्राउ परेका छन् ।

यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । रासस