काठमाडौं, भदौ २ । सन् २०१८ को जुलाई महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
जुलाईमा ७३ हजार २८५ जना बाह्य पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो गत वर्षको सोही महिनाको तुलनामा ७३.५ प्रतिशत बढी हो ।
सन् २०१७ को जुलाईमा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१८ को जुलाईसम्म पाँच लाख ९३ हजार २९९ जनाले नेपाल भ्रमण गरेका छन् ।
नेपाल भ्रमणमा आउने सबैभन्दा बढी पर्यटक भारतका छन् भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका मुलुकबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि आएको छ ।
भारतबाट १८ हजार ३८५ पर्यटक हवाईमार्ग भएर आएका छन् ।
यस्तै, चीनबाट आउने पर्यटकको संख्यामासमेत गत वर्षको सोही अवधिको तुलनामा १२५ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ ।
जुलाई महिनामा १३ हजार १२३ जना चिनियाँ नागरिकले नेपालको भ्रमण गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्