काठमाडौं, भदौ २ । यो साता पुँजीबजारसहित कारोबार परिमाणमा पनि उल्लेख्य वृद्धि आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६ अंकले बढेर अन्तिम दिन १२ सय १० अंकमा पुग्यो ।
यो साता होटल समूहबाहेक अरु कारोबार भएको सबै समूहमा वृद्धि आएसँगै साताको नेप्से दोहोरो अंकले बढेको हो ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ३१० अंकले बढ्यो । यस्तै, जीवनबिमा समूह २२३ अंकले, उत्पादनमुलक समूह १२७ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ४३ अंकको सुधार भयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको एक अर्ब ४३ करोड ३२ लाख रुपैयाँ बराबरका ४५ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए । गत साता १८१ कम्पनीहरुको ९१ करोड ८७ लाख रुपैयाँ बराबरका ३६ लाख ४७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
कारोबार रकम गत साताकोभन्दा ५६ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक र कारोबार संख्याको आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्सलाई नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।









प्रतिक्रिया दिनुहोस्