Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेविसंघको कार्यकाल तीन महिना थप


0
Shares

काठमाडौं, भदौ २ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थपिएको छ ।

नेपाली कांग्रेसले नेविसंघको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो ।

नेविसंघको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्नसकिने उल्लेख छ ।

वि.सं. २०७३ भदौ ३ गतेको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महर नेतृत्वको कार्यकाल शनिबार सकिएको थियो ।

पार्टीको निर्देशन समितिले १२औं अधिवेशन गराउन भन्दै कार्यकाल थप गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्न तीन महिनाको समयावधि थप गरिएको जानकारी दिए । रासस