काठमाडौं, भदौ २ । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथि छलफल गरिएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्ताले पुस्तक गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताए ।
उनले पूरै पुस्तक पढिसकेपछि पनि विमान विद्रोह ठिक थियो या थिएन ? भन्ने प्रश्न अनुत्तरित नै रहेको बताए ।
तत्कालीन समयमा दुर्गा सुवेदीको ठाउँमा आफू भएको भए आफूले पनि त्यही कार्य गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सांसद गगन थापाले पुस्तक सुवेदीको नितान्त आत्मकथा नभइ निश्चित कालखन्डको चर्चा गरिएको बताए । अहिलेको पुस्ताले यो पुस्तक पढ्नैपर्ने उनले उल्लेख गरे ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश एवं लेखक सुवेदीकी पत्नी सुशीला कार्कीले पुस्तक प्रकाशनसँगै सुवेदीलाई सकारात्मक ऊर्जा मिलेको बताइन् ।
पुस्तकमा आफ्नोबारेमा आफूलाई नै थाहा नभएका थुप्रै कुराहरु लेखिएको उनको भनाइ थियो ।
पुस्तकका लेखक दुर्गा सुवेदीले पुस्तक प्रकाशनसँगै आफूले आराम महसुस गरिरहेको बताए ।
केही दिनअघि बजारमा आएको सो पुस्तकमा वि.सं. २०३० सालको विमान अपहरणमा सुवेदीको संलग्नतासहितका विषय समेटिएका छन् ।









प्रतिक्रिया दिनुहोस्