Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


‘एमसीसी’विरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं, जेठ १३ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मंगलबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले एमसीसी खारेजीको माग गरेका छन् ।

उनीहरुले मजदुर वर्गलाई बन्दाबन्दीमा राज्यले बेवास्ता गरेको भन्दै सरकारको आलोचनासमेत गरेका थिए । ‘मजदुर भोकले मर्ने कि रोगले ?’ भन्दै नाराबाजी गरेका हुन् ।

प्रदर्शनकै क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।