
काठमाडौं, जेठ १३ । विश्व बैंकअन्तर्गत्को ‘आइएफसी’ले ‘कोभिड–१९’ बाट शिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेकोे ‘वेविनार’मा बोल्दै आइएफसीका नेपाल, बंगलादेश र भुटानका लागि देशिय निर्देशक वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।
यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ छ ।
कोभिड–१९ को सुरुआतबाट नै नेपालका पर्यटनलगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहिरहने उनले उल्लेख गरिन् ।
आइएफसीले विश्वव्यापीरुपमा कोभिड–१९ बाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ ।
यस वर्षको अन्तिमसम्म नेपालमा आइएफसीको लगानी ५० करोड अमेरिकी डलर पुग्ने पनि वर्नरले जानकारी गराएकी छन् ।
सन् २०२३ सम्ममा आइएफसीले नेपालको निजी क्षेत्रमा एक अर्ब २० करोड डलर लगानीको लक्ष्य राखेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्