३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमलेखगन्ज डिपोमा सतर्कता


0
Shares

बारा, जेठ १३ । बारास्थित नेपाल आयल निगमको अमलेखगन्ज डिपो व्यवस्थापनले कोरोना संक्रमण रोक्न उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

भारतबाट फर्किएका संक्रमितहरुको संख्या जिल्लामा बढेसँगै डिपो व्यवस्थापनले सतर्कता अपनाएको हो ।

पेट्रोलियम पदार्थ लिन भारत जाने ट्यांकरचालक र डिपोका कर्मचारीमा संक्रमण नफैलियोस् भनेर सुरक्षाका विधि अपनाइएको छ ।

पेट्रोलियम पदार्थको माग बढ्दै जान थालेपछि दर्जनौं ट्यांकर भारतको बरौनी र रक्सौल जान थालेका छन् ।

भारत जाने पेट्रोलियम ट्यांकरलाई डिपोभित्रै अत्याधुनिक स्यानिटाइज स्प्रे गर्ने, चालक–सहचालकलाई पीपीई सेट लगाइ शरीरको तापक्रम चेकजाँच गरेरमात्र पठाउने गरेको डिपोका प्रादेशिक प्रमुख भरत रेग्मीले जानकारी दिए ।

भारतबाट आउने ट्यांकरहरुलाई सबै मापदण्ड अपनाइ डिपो प्रवेश गरेको २४ घन्टापछिमात्र अनलोड गराउने र चालकहरुलाई भारतबाट आएका दिन डिपोमै चेकजाँच गरी बाहिर पठाइने र २४ घन्टापछि प्रवेश गराएको निगमले जनाएको छ ।