
काठमाडौं, जेठ १३ । जोखिममा परेका आमनागरिकलाई अविलम्ब राहत उपलब्ध गराउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारसमक्ष अपिल गरेको छ ।
प्रतिष्ठानले कोरोनाभाइरसका कारण स्वास्थ्यका साथै दैनिक जीवनयापनको समस्याले पनि आमनागरिकको जीवन सुरक्षामा गम्भीर प्रश्न खडा भएको भन्दै उक्त अपिल गरेको हो ।
आमनागरिकको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व रहेको भन्दै यसका लागि सरकारले तुरुन्त कदम चाल्नु आवश्यक रहेकोमा प्रतिष्ठानले जोड दिएको छ ।
अध्यक्ष नवीन्द्रराज जोशीद्वारा जारी विज्ञप्तिमा सरकारले तुरुन्त राहत तथा आर्थिक प्रवर्द्धन प्याकेजको घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रका जनशक्तिका लागि विशेष व्यवस्था गर्न पनि संस्थाले सुझाएको छ ।
यसैगरी, बैंक र वित्तीय संस्थाहरुले ब्याज वा अन्य कुनै बहानामा आमजनतामा भार थोपर्ने काम भएमा त्यो घातकसिद्ध हुनेतर्फ पनि संस्थाले सरकारको ध्यानाकर्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्