काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त भएकामा हार्दिक बधाइ ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई शनिबार पठाएको बधाइ सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले शनिबारै पद तथा गोपनीयताको शपथ लिएका हुन् । रासस









प्रतिक्रिया दिनुहोस्