Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


सुर्खेतमा भोका यात्रीलाई लाठी प्रहार


0
Shares

सुर्खेत, जेठ १२ । चार दिनदेखि भोकभोकै यात्रा गरिरहेका कालिकोटका यात्रीहरुलाई प्रहरीले कुटपिट गरेको छ ।

झापाबाट कालिकोटका लागि हिँडेको ना.३ ख. ५०९० नम्वरको बसका यात्रीहरुलाई वीरेन्द्रनगर–१४ को लादेमा प्रहरीले कुटपिट गरेको हो ।

प्रहरीको कुटाईबाट आठ जना यात्रुहरु घाइते भएका छन् । उनीहरु आइतबार साँझ सुर्खेत पुगेर सुब्बाकुनामा बास बसेका थिए ।

४ दिनदेखि खाना मात्रै होइन पानी पनि पिउन नपाएको उनीहरुले गुनासो गरेका छन् ।

प्रहरीले विना कारण कुटपिट गरेको भन्दै उनीहरुले सुर्खेत–दैलेख सडक अवरुद्ध गर्नुका साथै नारावाजी गरेका थिए ।

झापाबाट हिँडेदेखि भोकै रहेका ६४ यात्रुहरुलाई कलाकार हरि विष्टले वीरेन्द्रनगरमा खानाको व्यवस्था गरेका थिए ।

वीरेन्द्रनगर–१४ को छेडा नजिकै खाना खान ओर्लिएका यात्रीलाई प्रहरीले लाट्ठी चार्ज गरेको थियो ।

झापामै कोरोना परीक्षण गराएर रिपोर्टसहित आएका उनीहरुलाई प्रहरीले आइतबार दिनभर बबई नाकामा राखेको थियो ।