Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


संविधान संशोधन र कोरोना संक्रमणको अवस्थाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

्दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।

बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।