३० असार २०८२, सोमबार | Mon Jul 14 2025


यसबर्ष कर्मचारीको तलब नबढ्ने, महंगी भत्तालगायत अन्य सुविधा बढाउन माग


0
Shares

काठमाडौं । कोरोना भाइरसको महामारी र लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएकाले यसबर्ष सरकारी कर्मचारीको तलब बृद्धि लगभग नहुने भएको छ ।

हरेक दुई वर्षमा कर्मचारीको तबल पुनरावलोकन हुने प्रावधान अनुरुप गत वर्षको बजेटमा तलब बृद्धि गरिएकाले यसबर्ष त्यस्तो संभावना नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ तर यता कर्मचारी संगठनहरुले तलब नबढेपछि महंगी भत्ता लगायत अन्य सुविधा बढाउन माग गरेका छन् ।

‘यो वर्ष हामीले तलब बृद्धिको माग गरेका छैनौं,’ निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल भन्छन्,‘सबै कर्मचारीको स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने प्रस्ताव गरेका छौं ।’

साथै घर बिदातर्फ सञ्चित बिदाको सुविधा हरेक वर्ष प्रदान गर्न कर्मचारी संगठनले माग गरेको छ । हाल अवकाशपछि एक सय ८० दिनको घर बिदा सञ्चित बराबरको तलब दिने प्रावधान छ ।

त्यस्तै महंगी भत्ता बढाउनुपर्ने तथा आन्तरिक पर्यटक प्रबद्र्धनका लागि एक महिनाको तलब बराबरको रकम दिनुपर्ने उनीहरुको माग गरेका छन् ।