 
	    काठमाडौं । अदालतले फोन कल डिटेल हेर्न बन्देज लगाएपछि अपराध अनुसन्धानमा बाधा परेको गुनासो प्रहरी अधिकारीको छ । ७ वर्ष अघि तात्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले सर्वोच्च अदालतका तात्कालिन न्यायाधीश कल्याण श्रेष्ठको कल डिटेल हेरेको भन्दै विवाद भएपछि परेको रीट अदालतको आदेशविना कलडिटेल हेर्न नपाइने आदेश सर्वोच्चले गरेको थियो । प्रतिशोधका भरमा गरिएको आदेश पुनर्विचार नहुँदा त्यसको असर नागरिकको न्यायमा परेको छ ।
अपराधको शैली फेरिएको सन्दर्भमा प्रविधिमार्फत अनुसन्धान गर्दा छिटो, छरितो र विश्वसनीय हुने प्रहरीको बुझाइ छ । अदालतले अड्को थापेपछि प्रहरीलाई अपराध अनुसन्धानमा अप्ठ्यारो परेको छ । शंकास्पद अपराधी नियन्त्रणमा लिएर अनुसन्धान थाल्नुपर्ने समयमा फोन कल डिटेल र लोकेशन ट्रयाकको अनुमतिका लागि अदालत धाउनु पर्दा अपराध नियन्त्रणमा प्रत्यक्ष प्रभाव परेको छ । तत्काल पक्राउ गर्नुपर्ने अभियुक्त कानुनको छिद्र प्रयोग गरेर भाग्न सक्ने खतरा हुँदा त्यसको असर न्यायमा ठोकिन्छ । तत्काल गर्नुपर्ने अनुसन्धान लम्बिने गरेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राई बताउनुहुन्छ ।
प्रहरी भनेको अर्धन्यायिक संगठन भएकोले उसलाई जिम्मेवार बनाएर अनुसन्धानको लागि आवश्यक पर्ने स्थानको तत्काल डाटा हेर्न पाएको खण्डमा अपराध अनुसन्धान छिटो हुने प्रहरी प्रवक्ता टेकप्रसाद राई बताउनुहुन्छ ।
स्वार्थको टकरावका कारण गरिएको आदेशलाई अदालतले पुनरावलोकन गरेर प्रहरी अनुसन्धानलाई चुस्त, दुरुस्त र नागरिकको छिटो न्याय पाउने अधिकार संरक्षण गर्नु आवश्यक छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्