
बारा, जेठ ९ । नेपाल टेलिकमको टावरमा क्षति हुँदा बाराको अमलेखगन्ज तीन सातादेखि सञ्चारविहीन भएको छ ।
५० वर्षअघि भारतको सहयोगमा निर्माण गरिएको टेलिकमको टावर समयमै पुनःनिर्माण नहुँदा आफैं ढलेको हो ।
अमलेखगन्ज गाउँपालिकाका करिब सात हजार स्थानीय ‘लकडाउन’को समयमा सञ्चार सम्पर्कबाट बञ्चित भएका छन् ।
टावर ढल्दा एक करोड रुपैयाँ बढीको सामान नोक्सान हुनुका साथै एक व्यक्तिको घरसमेत क्षति भएको छ ।
सञ्चार सुविधा बन्द भएपछि अमलेखगन्जमा रहेका बैंक तथा वित्तीय संस्थाको काममा पनि प्रत्यक्ष असर परेको छ ।
प्रतिक्रिया दिनुहोस्