धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले वडा कार्यालयबाटै कर संकलन गर्न सुरु गरेको छ ।
सम्पत्ति कर, घरवहाल कर, सेवा शुल्क, स्थानीय तहबाट हुने सिफारिस दस्तुरलगायत कर वडा कार्यालयबाटै तिर्ने गरी पूर्वाधार तयार गरी साउन १ गतेबाट वडा वडामै कर संकलन कार्य सुरु गरिएको हो ।
वडाबाटै कर तिर्ने व्यवस्था सुरु भएपछि यहाँका स्थानीयलाई गाउँपालिको केन्द्र आएर कर तिर्नु पर्ने वाध्यता हटेको छ ।
प्रत्येक वडामा कम्प्युटर सेट, इन्टरनेट पहुँच र विद्युत् आपूर्ति वन्द भएको अवस्थामा सेवा प्रभावित नहुने गरी सोलारसमेत जडान र कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराइएको छ । सो गाउँपालिका भौगोलिक वनावटका हिसाबले विकट छ ।
महाभारतको तल्लो भेग र आहालेका स्थानीय गाउँपालिका केन्द्र भेडेटारमा कर तिर्न सुनसरीको चतरा, धरान हुँदै आइपुग्नु पर्ने वाध्यता थियो ।
गतआर्थिक वर्षमा केन्द्रमा आएर कर तिर्नुपथ्यो । साँगुरीगढी गाउँपालिका भित्र १० वडा कार्यालय छन् ।









प्रतिक्रिया दिनुहोस्