
काठमाडाैं । रूकुमपूर्वमा निर्माणाधीन पाँच मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सीमाना धौलापहिरामा निर्माण भइरहेको रूकुमगाड जलविद्युत् आयोजनाको ८९ प्रतिशत काम सम्पन्न भएको हो । जलविद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ ।
अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको आयोजाले जनाएको छ । प्रसारणको काम करिब अन्तिम चरणमा पुगेकाे जनाइएकाे छ ।
यो आयोजनाको लागत खर्च १ अर्ब ३० करोड रुपैयाँ रहेकोे छ । सन् २०१८ बाट काम सुरू भएको आयोजनालाई आगामी मंसिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको आयोजनाले जनाएकाे छ ।
रूकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावाट विद्युत रूकुमपश्चिमका धैरेनीचौरमा रहेको सवस्टेसनमा जोडेर त्यहाँबाट वितरण गरिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्