२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएपछि मध्यपूर्व पृतना शील


0
Shares

महोत्तरी, जेठ ४ । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त पृतना शील गरिएको छ ।

पृतनापति उपरथी र एक चिकित्सकमा संक्रमण पुष्टि भएपछि पृतनाको ब्यारेक नै शील गरी उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गरी परीक्षण थालिएको छ ।

संक्रमित दुवै जनालाई काठमाडौं ल्याई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा राखी उपचार थालिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

संक्रमित चिकित्सक नेपाली सेनाकै चिकित्सक रहेको र उनी प्रदेश नम्बर २ का विभिन्न जिल्लामा पुगेर स्वाब संकलनमा खटेको पाइएको छ ।

पृतनापति पनि उनै चिकित्सकसँग नियमित भेटघाट र हिँडडुलमा रहेकाले चिकित्सकबाटै पृतनापतिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

शील गरिएको पृतनामा २ हजार सैनिक रहेका छन् भने उनीहरु सवैको कोरोना परीक्षण गर्ने तयारी भईरहेको छ ।