 
	    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताउनुभयो ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गर्नुभयो । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गर्नुभयो ।
‘एम अधिकारीको खोजी गर्द मैले के भेट्टाए भने, एम भनेको मनि अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे, अर्थात् पैसाको अधिकार भएको मान्छे,’ उहाँले भन्नुभयो, ‘पैसा र ढुकुटीको अधिकार भएको मान्छे गभर्नर रहेछन् ।’
एम अधिकारीको खोजी गर्न समिति नबनेपछि आफैँले खोजेर सभामुखसमक्ष ल्याइदिएको सांसद महतले बताउनुभयो । उहाँले गभर्नर अधिकारीलाई कारबाहीको समेत माग गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्