Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेप्से हरियो, कारोबार रकममा सुधार


0
Shares

काठमाडौं, साउन ३१ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य सकारात्मक रह्यो ।

अघिल्लो दिन उच्चदरले उकालो लागेको बजार यसदिन मात्र हरियो रहेको हो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से आधा अंक बढीले सकारात्मक रहेर १२ सय १० कायम भएर थामियो । कारोबार परिमाणमा भने सुधार आयो ।

यसदिन वाणिज्य बैंक र उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च ७७ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ४ अंकको सुधार आयो ।

यसदिन १६६ कम्पनीका १३ लाख ७५ हजार कित्ता सेयर ४५ करोड ९६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।