Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


खाल्डा तत्काल पुर्न समितिको निर्देशन, अदालतले सहयोग गरेन : मन्त्री महासेठ


0
Shares

काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले सडक विस्तार र मर्मत गर्दा दीर्घकालीन योजना बनाएर अघि बढ्न पनि मन्त्रालयलाई निर्देश गरेको छ ।

बिहीबार सिंहदरबार बसेको समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी भदौ १२ गतेसम्म काठमाडौंका सबै सडकका खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता व्यक्त गरे ।

कलंकी–नागढुंगा, चाबहिल–साँखु सडकको पनि स्तरोन्नति हुने उनको भनाइ छ ।

कालोपत्र भएका सडकको गुणस्तर मापन गर्न र गुणस्तरमा खेलबाड गर्ने ठेकेदारलाई कारबाही गरी क्षतिपूर्ति भराउन सडकको गुणस्तर मापन उपकरण खरिद गर्ने प्रक्रियामा रहेको उनले बताए ।

मन्त्री महासेठले अदालतले विकास निर्माणलाई सहयोग नगरेको आरोप पनि लगाए ।

बैठकमा सांसदहरुले विस्तृत् कार्ययोजना बनाएरमात्र सडक निर्माण सुरु गर्न आग्रह गर्दै पहुँचभन्दा आवश्यकताका आधारमा सडक निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसद राजेन्द्र लिङदेनले सरकारले ‘सिन्डिकेट’ हटाएको दाबी गरेपनि जनताले त्यसको अनुभव प्राप्त गर्न नसकेको बताए ।