
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै लकडाउन हटाउन सक्ने अवस्था नरहेको बताएका छन् ।
यद्दपी लकडाउन सात सातादेखि जारी रहेकाले केही आर्थिक कारोबारका सूचालु गरिने उनले बताए ।
बेलायती प्रधानमन्त्री जोन्सनले लकडाउन खुकुलो पार्ने विभिन्न योजनाहरु समेत सार्वजनिक गरेको छ ।
उता स्पेनमा १५ मार्चदेखि कोरोनाका कारण थप कसैको पनि मृत्यु नभए पनि लकडाउनमा कडाई गरिएको छ ।
रुसमा विगत २४ घण्टामा संक्रमितको संख्या ११ हजार नाघेपछि लकडाउनमा थप कडाई गरिएको छ ।
सुरक्षाकर्मीहरुको संख्या बढाइएको छ भने अनावश्यक हिंडडुल गर्नेमाथि कडा कारबाही गरिने भएको छ ।
दक्षिण कोरियामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सचेत गराइएको छ ।
कोराना परीक्षणलाई पनि तीव्रता दिईएको छ । उता चीनमा भने कोरोनाको दोश्रो लहर आएको भन्दै जिलिन प्रान्तलाई हाइ अलर्टमा राखिएको छ ।
यसैबीच कोरोनाको उद्गम स्थल वुहानमा पुन थप ५ जनाका सक्रमण पुष्टि भएको छ ।
जापानमा कोरोना संक्रमितले अस्पतालहरु भरिन थालेपछि संकमण प्रति थप सावधानी अपनाउन थालिएको छ ।
अष्ट्रेलियामा भने संक्रमणमा कमी आएपछि अधिकांश रेष्टुराँ, रंगशालाहरु खुला गरिएको छ ।
परीक्षण व्यापक बनाइएकाले पनि संक्रमितको संख्या घटेको अधिकारीहरुले जनाएका छन् ।
न्यूयोर्कमा बालबालिका समेत संक्रमण बढेको पाइएपछि परीक्षणको दायरा थप बिस्तार गरिएको छ । उता इजरायलमा संक्रमितको संख्यामा कमी आएपछि शैक्षिक संस्थाहरु खुल्ने भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण नियन्त्रणमा लिन नसके १ वर्ष भित्रमा ३ देखि साढे ४ करोड सर्वसाधारण संक्रमित हुने आँकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्