Logo २ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026


चलचित्र ‘म’को ट्रेलर सार्वजनिक


286
Shares

काठमाडौं । नेपाली चलचित्र म को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कालकारको अभिनय छ ।

प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउनुभयो ।

निर्देशक थापाले बनाएको सर्ट फिल्म मलामीजत्तिको सिनेमा अहिलेसम्म नेपालमा नबनेको दाबीसमेत गर्नुभयो । त्यस्तै, कार्यक्रममा नायक निराजन प्रधानले ममा काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै, ट्रेलर हेर्न पुगेकी नायिका सुरक्षा पन्तले फिल्मले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो अस्तित्वको खोजिको कथा भन्ने फिल्म ममा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईलीसँगै पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकाहरु पनि रहेका छन् । फिल्म साउन २० गते प्रदर्शनमा आउँदैछ ।

Skip This