२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


तेह्रथुममा कोदोको रक्सी प्रवर्द्धन समिति गठन


247
Shares

प्रकाश पाक्साँवा
तेह्रथुम । सामान्यतया कुनै पनि कार्यक्रम गर्दा अतिथिहरूको आसन ग्रहणपछि प्रमुख अतिथिले कार्यक्रम उद्घाटन गर्छन् ।

तर बुधबबार तेह्रथुममा एक कार्यक्रमको उद्धाटन शैली अनौठो देखिएकाे छ । साेही कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रमका अतिथिहरूले एकसाथ रक्सी रहेको गिलास उठाउँदै चियर्स भन्दै कार्यक्रम उद्धघाटन गरिएकाे छ। कार्यक्रम परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रवर्द्धन समिति गठन गर्ने थियो । त्यसपछि कार्यक्रमलाई निरन्तरता दिइएकाे थियाे ।

तेह्रथुममा कोदोको रक्सीलाई प्रवर्द्धन गर्ने उदेश्यले कोदोको रक्सी प्रवर्द्धन समिति गठन भएको छ । रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दवाव दिन समिति गठन गरिएको हो ।

समिति प्रदेशका १४ वटै जिल्लामा विस्तार गरी दवाव सिर्जना गर्ने समितिले जनाएको छ। ऐन संशोधन नहुँदा घरेलु मदिरा बनाउनेहरूले उत्पादन गरेको रक्सी पोखाउने गरिएको छ। प्रदेश सरकारले कोदोबाट बनेको घरेलु रक्सी उत्पादन गरी ब्रान्डिङ गर्ने नीति लिएकाले यसका लागि ऐन संशोधन हुनुपर्ने समितिले जनाएको छ ।

साेही कार्यक्रमले लोक बहादुर सिङगकको संंयोजकत्वमा १४ सदस्य समिति गठन गरिएको छ । समितिको सदस्य सचिव फुफूटी शेर्पा, सूर्य मादेन, अनिल खेवा, अरूणा सिङगक, लोक बहादुर सम्बाहाङफे, सुबिन्द्र थेगुबा, बसन्ती गुरूङ, शशी सिङगक,ज्ञानेन्द्र सिङगक, नारायणमान गुरूङ, साम थाम्देन, कृस्न तामाङ, ज्योति भण्डारी, रमेश घिमिरे र राजकुमार तेयुङ रहेका छन् ।

यसरी नै सल्लाहकार समिति सदस्यमा टंक माया तिगेला, सेसेहाङ हुक्पा चोङबाङ र टिआर सेनेहाङ चयन भएका छन् ।