Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज मंगलबार बस्दैछ ।

बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ ।

अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाउनु भएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन् ।

वीरगञ्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाउनु भएको हो ।

पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन् ।

यद्यपी पार्टीमा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ । जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ ।