Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी


182
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ ।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने बताइएको छ ।

कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावको समीक्षा गर्न सोमबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने तथा नयाँ संस्थालाई मान्यता दिने एजेण्डा पनि राखिएको छ ।