१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


मेयरले जग्गा भाडामा दिएको खुलासा भएसँगै अख्तियारले माग्यो नगर विकाससँग कागजात


1.04k
Shares

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै जग्गा भाडामा लगाएका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेकाे छ ।

पूर्वमेयर मानबहादुर जीसीले पदमुक्त हुनु दुई दिन अघि प्रक्रिया मिचेर ६३ रोपनी जग्गा भाडामा लगाएको खबर सार्वजनिक भएपछि अख्तियारको पोखरा कार्यालयले नगर विकासलाई पत्राचार गरेको हो । नगर विकास समिति मातहतमा रहेका तीन ठाउँको ६३ रोपनी जग्गा जिसीले आफन्तलाई भाडामा लगाएको खुलासा भएको हो ।

पूर्वमेयर जीसीले पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि पर्यटन बसपार्क आफ्नै ज्वाइँ राम भण्डारीका भाई विष्णु भण्डारी समूहको कम्पनी शिला शालिकग्राम कन्सट्रक्सन कम्पनीलाई १० वर्षका लागि भाडामा दिनुभएको खुलेका छ । त्यही बसपार्कको भाडा र त्यहाँ रहेका सटरको भाडा कसरी दिइएको हो भन्दै अख्तियारले गत मंगलबार पत्राचार गरेको हो ।

त्यस्तै नगर विकास समितिको कार्यालयले विज्ञापन नै नगरी मेयरका चार जना आफन्तलाई करारमा नियुक्ति गरेको विषयमा पनि अख्तियारले जानकारी मागेको छ ।