१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


इटालीयन सिरी ए फुटबलका बाँकी खेल सुरु हुनेबारे अझै अन्योल


0
Shares

काठमाडौं । इटाली सरकारले सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल गर्न हतार नभएका बताएा छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेकाले सिरी ए फुटबलको यो सिजनका बाँकी खेल सुरु गर्न हतार हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले स्पष्ट पारेका हुन् ।

सिरी ए का क्लबहरुलाई व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर टिम प्रशिक्षण भने अहिले स्वीकृत छैन ।

टिम प्रशिक्षण मे १८ देखि सुरु गर्ने तयारी छ । कोरोना भाइरसको महामारीका कारण गत मार्च ९ देखि इटालियन सिरी ए फुटबलका खेलहरु स्थागित छन् ।

सिरी ए र इटालियन फुटबल फेडेरेशन (एफआइजिसी) दुवै यो सिजन पूरा गर्न चाहन्छन् । तर इटाली सरकारले भने अहिले नै यसबारे अहिलेसम्म निर्णय गर्न सकेको छैन ।