१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


जोखिम मोलेरै फोहोर व्यवस्थापन, छैन खटिनेलाई कुनै राहतको व्यवस्था


0
Shares

दिपक श्रेष्ठ र राजेन्द्र नापित (ईमेज)

काठमाडौं, बैशाख २१ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि देशभर सावधानी अपनाइरहेको बेला फोहोर व्यवस्थापनमा खटिनेहरु भने स्वास्थ्य सावधानीको खासै वास्ता नगरी काममा लागिरहेका छन् ।

फोहोर व्यवस्थापन त्यसैपनि चुनौतीको बिषय । घर घरको फोहोर अनि सडकमा जताजतै फालिएका फोहोरको डुंगुर अनि यही डुंगुरमा सम्हाल्ने जिम्मोवारी बोकेका यी नागरिकहरु ।

अघी पछी नै जिन्दगी जोखिममा रहेका उनीहरु अहिले कोरोनाको महामारीको चपेटामा परेका छन् । लकडाउनक कारण मानिसहरु अहिले आ आफ्नो घर घरमा बसिरहेका छन् ।

तर एका बिहानै होस वा कुनै समय तोकिएको स्थानमा गई फोहोर उठाउने उनीहरुको दिनचर्या भने फेरिएको छैन ।

कोरोनाबाट बच्न सावुन पानीले हरेक पटक हात धुन आब्हन गरिरहेको बेला फोहोर व्यवस्थापनमा लागेकाहरुले हात धुने अवसर कता पाउनु ? कोरोना महामारीलाई ध्यानमा राख्दै घर घरमा फोहोर लिन पुग्ने अनि बाटोको फोहोर उठाउने जोखिममा रहेकाहरुलाई सरकारले केही हदसम्म पीपीइको व्यवस्था त गरेको छ तर यो त्यति व्यवहारिक नभएको उनीहरुको भनाई छ ।

पन्जा, साधारण मास्क अनि टाउको छोप्ने सामग्री, यो त जो कोहीले पनि प्रयोग गर्ने गरेका छन् । यद्दपी फोहोर चलाउँदा यसको असर सिधै आँखा र नाकमा जाने निश्चित छ ।

अन्तराष्ट्रिय अभ्यासमा फोहोर ब्यबस्थापन गर्नेहरुलाई कोरोनाको कहरमा बिशेष सम्मान गर्ने गरिएको छ । नेपालमा भने यस क्षेत्रमा काम गर्नेहरुका लागि सरकारले हालसम्म कुनै राहतको प्याकेज ल्याएको छैन । स्वास्थ्यलाई जोखिममा राखेरै भएपनि फोहोर व्यवस्थापनमा लागेका यिनीहरुको कामलाई भने सम्मान गर्नु जरुरी छ ।