
एजेन्सी । मोडलिङ दुनियामा कुनै समय नाम कमाएकी ६९ वर्षीया अमेरिकी मोडल मरी हेल्भिन आज निकै खराब अवस्थाबाट गुज्रिरहेकी छिन् । मार्लोन ब्रान्डो, वारेन बिट्टी र पूर्व क्रिकेटर तथा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानजस्ता धेरै प्रतिष्ठित व्यक्तिहरूसँगको उनको भेट चर्चामा छ।
प्रसिद्धि र धन कमाएकी हेल्भिन अहिले गरिबीको जिन्दगी बिताइरहेकी छिन् । उनी भन्छिन ‘म एक्लै छु र के गर्छु मलाई थाहा छैन । किनभने मैले महामारीको समयमा बचत गरेको सबै पैसा खर्च गरीसकेको छु ।’ हेल्भिनको आर्थिक अवस्था निकै नाजुक छ ।जसका कारण उनी अहिले सुपरमार्केटमा जागिर खोज्ने सोचमा छिन् ।
हेल्भिनले फोटोग्राफर डेभिड बेलीसँग विवाह गरेका थिइन् । तर सन् १९८५ मा दुवैको सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदमा हेल्भिनलाई १ लाख डलर प्राप्त भएको थियो । यसपछि उनले बिहे गरिनन् । उनी मार्क शान्ड भन्ने व्यक्तिसँग चार वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् ।
सन् २०१४ मा, ६२ वर्षीय मार्कमो एक दुर्घटनामा मृत्यु भयो । मार्कको मृत्यु पछि उनी गहिरो दुःखमा परेकी थिइन् । यसका लागि उनी आफूलाई जिम्मेवार ठान्न थालिन् । उनी हाल बेलायतमा बसोबास गर्दै आइरहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्