Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव भेटियो


0
Shares

पोखरा । कास्कीको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ ।

गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका–११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीन जना नेपाली गाईड तथा चार जना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए ।

खोजीका क्रममा यसअघि नै दुई जना नेपाली गाइड र तीन जना कोरियन पर्यटकहरुको शव फेला परिसकेको थियो ।

नेपाली सेनाको उद्धार टोलीले हिजो एक जना नेपाली र एक जना कोरियन नागरिकको शव पनि फेला पारेको छ । शवलाई आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।