१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


अष्ट्रेलिया टेष्ट वरियताको शीर्ष स्थानमा, भारत तेस्रो स्थानमा झर्‍यो


0
Shares

काठमाडौं । अष्ट्रेलिया टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई उछिन्दै अष्ट्रेलिया चार वर्षको अन्तरमा पहिलो पटक शीर्ष वरियतामा माथि आएको हो ।

न्युजिल्याण्ड दोस्रो स्थानमा रहदाँ भारत तेस्रो स्थानमा झरेको हो । सन् २०१६ पछि भारत पहिलो पटक शीर्ष वरियताबाट तल झरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सूचीमा इङल्याण्ड चौथो वरियतामा रहयो ।

शीर्ष वरियतामा उक्लिएपछि अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्गरले फेरबदल भइरहेपनि पछिल्लो नतिजाले खुशी भएको प्रतिक्रिया दिएका छन् ।

अष्ट्रेलिया टी–ट्वान्टी वरियतामा समेत शीर्ष स्थानमा रहेको छ । सन् २०१९ को विश्वकप विजेता इङ्ल्याण्ड एकदिवसीय वरियताको शीर्ष स्थानमा छ ।

सन् २०१६ पछि भारत टेष्ट वरियताको शीर्ष स्थानमा रहँदै आएको थियो ।