Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी, सात घर जले


0
Shares

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराती आगलागी भएको छ । आगलागीबाट सात घर जलेर नष्ट भएका छन् ।

फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो ।

राती करिब साढे १० बजे भएको आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।

स्थानी खेम केसी, खड्क थापा, बिष्णु तिवारीलगायतको घर जलेर नष्ट भएको छ ।

फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयले बताएका छन् ।

कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन । अन्य क्षति सहितको विस्तृत विवरण आउन बाँकी छ ।