Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


१७ डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान


234
Shares

काठमाडौं । नेपाल सरकार (मन्त्रीस्तर)को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

पदोन्नतिपछि दर्ज्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा हुनुहुन्छ ।

यसैबीच दर्ज्यानी चिन्ह प्राप्त गरेपछि गृह मन्त्रालमया आयोजित एक समारोहका बीच बधाई र निर्देशन दिँदै मन्त्री खाँणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोतसाधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले अहिले डिआइजी भएकाबाटै अबको नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिनुभयो ।

मन्त्री खाँणले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिस्पर्धा गर्न पदोन्नति भएका अधिकृतलाई निर्देशन दिनुभयो । नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनुभयो ।

अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ मध्ये चार महिला हुनुहुन्छ । यही असार ८ गते बढुवा सिफारिस समितिले उहाँहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो ।