पोखरा, वैशाख १९ । गत माघ ३ गते अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका थप दुईजनाको शव फेला परेको छ ।
बेपत्तामध्ये एक नेपाली र अर्का एकजना कोरियन पर्यटकको शव शुक्रबार बिहान फेला परेको कास्की प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीकाअनुसार दुईजनाको शव भेटिएसँगै हिमपहिरोमा हराएका सबैको शव फेला परेको छ ।
पाँचजनाको शव यसअघि नै फेला परेको थियो ।
एकजना कोरियन र अर्का एक नेपालीको शवमात्र फेला पार्न बाँकी रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्