ललितपुर । कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस बर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सिमित हुने भएको छ ।
६८ बर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजन लगायतका कार्यक्रम स्थगित गरिएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह समितिले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
समितिले यस बर्ष सामाजिक दुरी कायम केही सिमित ब्यक्तिहरुको सहभागितामा बुद्ध वन्दना र बुद्ध पूजा गरी बुद्ध जयन्ती मनाइने जानकारी समेत गराएको छ ।
समितिले आफ्नै घरघरमा बसी दीप प्रज्वलन एवं बुद्ध वन्दना गरी यस बर्षको बुद्ध जयन्ती मनाउन पनि आग्रह गरेको छ भने कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको सुखावती भूवनमा बास होस् तथा संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
यस बर्षको समारोह आयोजनाको पालो लिच्छिवी राजा शिवदेव संस्कारित ओंकुलि श्री रुद्धवर्ण महाविहार ओकुबहाःको रहेको छ









प्रतिक्रिया दिनुहोस्