Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’


6.4k
Shares

काठमाडौं । नेपाल आयल निगमसँग ऋण तिर्ने हैसियत नदेखेर सरकारले उसले मागेको तीन अर्ब नदिने मात्र जानकारी गराएन, केन्द्रीय कार्यालयलगायतको सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन सुझाव दियो ।

‘यो सब नेपाललाई असफल मुलुक बनाउने घातक खेल हो, आयल निगमले ऋण तिर्न सक्दैन भन्ने थाहा पाउँदा पाउँदै वाणिज्य बैंकबाट ऋण लिन सरकारले सुझाव दिएको छ, एउटा बैंक टाट उल्ट्यो भने त्यसको असर चक्र प्रणालीले अघि बढ्छ, मुलुक नै असफल हुन्छ’, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भन्नुभयो– ‘हामी श्रीलंकाको पथमा अघि बढेको प्रस्ट देखियो ।’

‘करिब १० वर्षअघि बाह्य मुलुकको सन्दर्भ हो, कुनै कारणले एउटा बैंक धराशायी भएपछि अन्य बैंकमा पनि त्यो रोग सर्‍यो, बैंकमा रकम राख्न असुरक्षित छ भनेपछि सबै ग्राहक एकसाथ पैसा निकाल्न बैंक गए भने मुलुक नै असफल बन्दैन ?’ डा. दीक्षितको प्रश्न थियो– म त अर्थविद् होइन, तर आयल निगमको यस सन्दर्भलाई लिएर अर्थविद्हरूको परामर्शमा सरकारले ठोस निर्णय लिनुपर्ने होइन ?

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Skip This