Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अर्घाखाँचीमा तरकारी अभाव, अन्य जिल्लाबाट ल्याउने तयारी


0
Shares

अर्घाखाँची । सन्धिखर्कमा बसेको सर्वदलीय बैठकलले जिल्लामा तरकारीको अभाव भएको भन्दै अन्य जिल्लाबाट ल्याउने निर्णय गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण भारत तथा अन्य जिल्लाबाट आउने तरकारी तथा फलफूल रोकिएको कारण अभाव भएकाले ल्याउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी बिजराज पौडेलले बताए ।

स्थानीय उत्पादनले धान्न नसकेको र तरकारीको अभावले उपभोक्तालाई समस्या परेको जनगुनासो बढेपछि छिमेकी जिल्लाबाट तरकारी ल्याउने निर्णय गरीएको हो ।