Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पाँचथरमा लकडाउन उल्लंघन भएपनि प्रशासन मौन, सर्वसाधारणको चहलपहल ह्वात्तै बढ्यो


0
Shares

पाँचथर । सरकारले लकडाउनलाई थप कडाई गर्न थालेपनि पाँचथरमा भने लकडाउन उल्लंघन हुन थालेको छ ।

सदरमुकाम फिदिमका पसलहरु धेरै खुल्न थालेका छन् भने सर्वसाधरणहरुको बजारमा चहलपहल बाक्लिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको बैंकमा भीडभाड बढ्दा कोरोना संक्रमणको त्रास बढेको छ ।

त्यसैगरी विना अनुमति सञ्चालन भइरहेका सवारी साधान समेत प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी पसलहरु खुल्ला भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बजारमा भिडभाड बढेकाले लकडाउनमा कडाई गरीने बताए ।