Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


कार्यालय सहयोगी पदको सेवा समूह र पद परिवर्तन गर्ने सरकारको निर्णय


10.9k
Shares

काठमाडौं । सरकारले श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।

असार १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सकरारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

उहाँले सरकारले वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सब स्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ती गर्ने र प्रारीम्भक कारबाही चलाउने अधिकारी तोक्ने, विभूषणमा प्रयाग हुने सुनको परिणाम घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको बताउनुभयो ।

सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वेलाई नियुक्त गर्ने, निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने पनि निर्णय गरेको बताउनुभयो ।