कैलाली, वैशाख १७ । कैलालीको पण्डौनस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत् एकजना प्रहरीजवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अछामका पायल निवासी प्रहरीजवान लोकेन्द्र बोहरा रहेका छन् ।
राति खाना खाएर सुतेका बोहरा बिहान उठाउन खोज्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनको बुधबार बिहान ३ बजेदेखि ६ बजेसम्म ड्युटी थियो ।
ड्युटीका लागि नउठेपछि सहकर्मीले उठाउन खोज्दा उनी मृत फेला परेका थिए ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुख्खडबाट निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्