२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदै

'ठाउँ/ठाउँमा रोपाई जात्रा र दही चिउरा खाने चलन'

273
Shares

काठमाडौं । आज बुधबार असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर १७ औं धान दिवस मनाईंदैछ ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने चलन छ ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो ।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि वि.सं. २०६२ देखि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको हो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो ।

विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ ।