Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सरकारी सहयोगमा चौंरीपालन फस्टाउँदै


39
Shares

मुगु । हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगूम कार्मारोङ गाउँपालिकाका दर्जनौं बस्तीमा हुने चौंरी गाईपालन पछिल्लो समयमा लोप हुन थालेपछि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुले आर्थिक सहयोग गरेका छन् । यो सहयोगसँगै चौंरीपालन पुनः फस्टाउन थालेको छ ।

एक निर्वाचन क्षेत्र एक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्र्स प्राइभेट लिमिटेडबाट सञ्चालन गरिएको चौंरीपालन व्यवसाय पछिललो समयमा निकै फस्टाउँदै गइरहेको छ ।

मुगुको एकमात्र सडक सञ्जाल नजोडिएको मुगूम कर्मारोङ गाउँपालिकामा सञ्चालन भएको चौंरीपालनबाट स्थानीयको आयआर्जन भएको छ । चौंरीबाट दूध, ऊन, मासु, छुर्पी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत आफ्नै लगानी भएको छ । ३ वर्ष पहिले २२ वटा चौंरीबाट सुरु गरिएको फार्ममा अहिले ४३ वटा चौंरी पुगेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।