२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


हैजाबारे सरकार गम्भीर बन्नुपर्छ : नविना लामा


247
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

सोमबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।

उहाँले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महंगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारस्ँग माग गर्नुभयो । सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो ।