Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


ललितपुरका सुन–चाँदी व्यवसायीले बाँडे राहत


0
Shares

ललितपुर, वैशाख १६ । ललितपुर सुनचाँदी व्यवसायी संघले भारतीय मूलका बंगाली कालिगढहरूलाई राहत प्रदान गरेको छ ।

‘लकडाउन’ अवधि लम्बिएसँगै सुन–चाँदीका गरगहना बनाउने कालिगढहरूलाई दैनिकी चलाउन कठिनाइ हुँदै गएपछि एक महिनालाई पुग्ने गरी खाद्य सामग्री राहत वितरण गरिएको कार्यवाहक अध्यक्ष मोतिमान शाक्यले जानकारी दिए ।

पाटन, मंगलबजारको हःखा कोतपाटीमा सबै कालिगढहरूलाई बोलाएर खाद्य सामग्री वितरण गरिएको थियो ।

कार्यवाहक अध्यक्ष शाक्यकाअनुसार २०० जना कालिगढलाई प्रतिव्यक्ति चामल पाँच किलो, आँटा तीन किलो, दाल एक किलो, नुन एक पाकेट र चिनी एक किलो वितरण गरिएको छ ।

यो समय भारतमा पनि लकडाउन भएकाले घर जाने अवस्था नभएकोले दैनिकी निकै कठीन भएको अवस्थामा राहतले केही समय ढुक्क हुने अवस्था बनाइदिएको कालिगढहरुले बताए ।

संघले दोस्रो चरणको राहत नेपाली कालिगढलाई दिने योजना बनाएको छ ।

संघकाअनुसार ललितपुरमा सुन–चाँदीको काम गर्ने करिब ५०० जना कालिगढ रहेकामध्ये अधिकांश भारतीय मूलका रहेका छन् ।