Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


रसुवागढीमा एकीकृत भन्सार निर्माण कार्य सुरु


0
Shares

रसुवा, साउन ३० । चीनसँगको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकीकृत भन्सार निर्माण कार्य सुुुरु भएको छ ।

सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि रसुवागढी नाकामा एकीकृत भन्सार निर्माण काय सुुुरु भएको हो । एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा आपूmले ठेक्का पाउनुपर्ने माग राखि रिट हालेपछि भन्सार निर्माणको काम रोकिएको थियो । तर अदालतको आदेशपछि एकीकृत भन्सार निर्माणका लागि जग्गा सम्याउने, घेराबार लगाउने तथा जग खन्ने कार्य सुरु भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत श्यामसुन्दर रबिना जेबीले भवन निर्माण गर्न लागेको हो । एकीकृत भवन तीन वर्षभित्र सम्पन्न गर्ने काम अघि बढाइएको शहरी विकास तथा भवन निर्माण डिभिजन प्रमुख धिर फडेराले बताए ।

५४ करोड ५ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन तथा एकीकृत जाँच चौकी रहने छन् ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।