३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सैन्य कारवाहीमा सोमालियामा नागरिकको हत्या गरेको अमेरिकाको स्वीकारोक्ति


0
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाले गत वर्ष सोमालियामा भएको हवाइ हमलामा नागरिहरुको हत्या गरेको स्वीकार गरेको छ ।

हवाइ हमलाका क्रममा २ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । तर अमेरिकाले उक्त घटनामा भएका हत्या आरोपको खण्डन गर्दै आएको थियो ।

हालै सार्वजनिक प्रतिवेदनमा सोमालिया, लिबिया र अन्य अफ्रिकी मुलुकहरुमा सशस्त्र लडाकूविरुद्ध भएको सैन्य कारवाहीका बारेमा प्रश्न उठेको भन्दै अमेरिकाले प्रतिवेदनमा मृतक र घाइतेहरुको संख्या उल्लेख छ ।

यसअघि पनि विभिन्न समयमा भएका सैन्य कारवाहीमा सर्वसाधारणको हत्या भएपनि अधिकारीहरुले त्यसको बचाउ गर्दै आएका थिए ।